नागरिकता नपाएकाहरुले रवि लामिछानेको पुत्ला जलाउने

नागरिकताविहीन संघर्ष समिति नेपालले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पुत्ला जलाउने भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकको विरोध गरेको भन्दै समितिले उनको पुत्ला दहन गर्ने भएको हो । आज साँझ ६ बजे काठमाडौँको माइतीघर मण्डलालगायत झापा, मोरङ, सुनसरी, धनुषा, बारा, पर्सा, नवलपरासीमा पुत्ला दहनको कार्यक्रम आयोजना गरेको संघर्ष समितिले जानकारी गराएको छ । 

नागरिकता विद्येयक २०७९ प्रमाणीकरण भएको खुसीमा दीप प्रज्ज्वलनको कार्यक्रम पनि संगसंगै गर्ने संघर्ष समितिले बताएको छ ।

टिप्पणीहरू