सेनाका जासुसहरुको अँध्यारो संसार

सेनाका जासुसहरुको अँध्यारो संसार

सैनिक इन्टेलिजेन्सभित्रको गोप्य फाँटमा वर्षौंसम्म बाहिरी ड्युटी भनेबमोजिम गरेकै थियौँ । घरमा एक छाक मात्र खाएर भए पनि हाकिमको चित्त बुझाएकै थियौँ । बिदामा घर जान नपाए पनि श्रीमतीलाई थामथुम पारेकै थियौँ तैपनि आज सेनाका ती चाप्लुसीबाजले कोसेली पुर्‍याउन नसक्दा हामी वर्षौंदेखि जासुसी तालिम गरेर पोख्त भए पनि युनिटबाट इन्फेन्ट्री युनिटमा सरुवा गरिदिएका छन् । 

सेनामा दिनलाई रात र रातलाई दिन बनाउँछन् भनेको सही रहेछ । प्रधानसेनापतिको लाइनमा भएकाहरू जासुसी निकाय भनेर चिनिएको इन्टेलिजेन्समा हाकिम भएर आउँछन् । झण्डै ८ वटा युनिट भएको जासुसी निकायमा आएर माखो मार्ने केही होइन बिल मिलाउने र खानेभन्दा केही काम छैन । पृतना कमाण्ड गरेपछि एक कार्यकाल कि डिजिएओ कि त डिजिएमआइ हेर्ने गरी नियुक्त हुन्छन् । 

तैपनि, अन्तर्गतका युनिट भ्रमण गरेर सकल दर्जाको पीर, मर्का र कामबारे कहिल्यै बुझ्दैनन् । कुन निकायमा के राम्रो छ वर्षैभरि काम गर्दा पनि थाहै पाउँदैनन् । खाली काम भएन भन्छन् अनि कि तालिम खुलायो कि त नयाँ–नयाँ योजनामा हाकिमलाई नियुक्ति दिलायो र मिसन अब्जरभर गई कमाउने ध्याउन्नमा हुन्छन् । हामीलाई कुन कुन ठाँउमा खटाउँदा के–के काम गरेका थियौं भनेर हामी अर्को अंकमा प्रकाशन गरेरै भन्नेछौं । अहिलेलाई एक मात्र चेतावनी दिएका छौं । 

दुई जना प्रमुख सुवेदार इन्द्रबहादुर र ऋषिराम बस्नेत नामुद घुस्याहा पदिक भनेर कहलिएका छन् । सुबेदार मेजरको दरबन्दी काटिएर आउँदा पनि यिनीहरूको कहीँ सरुवा भएन, जहाँको तहीँ कायम रहे । हामी कहिले बाहिनी, कहिले गणमा पूर्वदेखि सुदूरपश्चिमसम्म पुग्यौँ । ५ वर्षका बीच कम्तीमा ४ पटक सरुवा आइसक्यो ? दरबन्दी काटिएर अन्य युनिटमा फालिँदा पनि जहाँ खटायो जानुपर्ने तर यी दुईलाई कहीं जान नपर्ने ? न यिनले बाहिर फिल्डमा खटिएर कुनै खबर ल्याउँछन् । गर्छन् कुरा मात्र, योजना अधिकृतले बनाउँछन् जहाँ जुन निकायमा पनि काम हामी जवानले गर्ने हो । सेनापति पदक पनि यिनैलाई जान्छ । बस्नेतद्वयले इण्टकोर भएदेखि नै हालसम्म मिलाएर मात्र खाएको प्रमाण हेरे देखिन्छ । डस्न मात्र पल्केका यी बस्नेतको कचकचले सायद अब उधारो पेन्सन भए पनि जाने तयारीमा छौं । 

मकर गणको प्रसु ऋषि बस्नेत अर्कैलाई बिजेश्वरी फेमिली क्वार्टरमा निवेदन दिन लगाएर वर्षौंदेखि मिलाई बसेको छ । गोरखकाली गुल्मकी लामा थर गरेकी महिला पदिकलाई बुटवल छँदा शोषण गरेर उसको मिसनदेखि सञ्चयकोषसम्मको लाखौँ पैसा खाई बाहिर–बाहिर कोठामा राख्दै हिँड्ने गर्छ । अन्तिममा बिहे गर्छु भनी बिचरीलाई डिभोर्ससमेत गर्न लगाएको प्रष्ट छ । नपत्याए गरुड दलका पदिकहरूलाई सोधे थाहा हुन्छ । बस्नेत सञ्जय थाम जरसापलाई सलामै नगरी घाममा सुकाइदे भनेकै आरोपमा रातारात पोखरा फालिए पनि मिलाएर हालसम्म टिकेको छ । अझै मानार्थ उपसेनानीको फुली नलगाई जागिर छाड्दिन भन्दै हामीजस्ता सोझा सिपाहीसँग आलु, रिचार्ज, घ्यूको शर्त लगाएर बिदाको दिन गन्छ अनि मात्र गेटपास बढाउन भन्दै ऐटन जमदार र हल्दारमेजरलाई थर्काउँछ । कति सहनु, अब त अति भयो मोटरसाइकले ठक्कर दिएर ६ महिना जेल बस्छु भन्ने सिपाही नै १ सेक्सन पुगिसके । 

यता, चरक बाहिनीबाट गणमा फालिएको, भोजपुर घर भएको भक्तपुरवासी बताउने प्रमुख सुवेदार इन्द्र बस्नेत छाउनी ब्यारेकबाट रासन लाने सिपाहीको मासुमा र्‍याल काढेर एक महिनाको मासु मेरो घरमा पठाइदे अनि मात्र मलाई भेट भन्छ । बिदाबाट युनिटमा हाजिर हुन आउँदा कोसेली पात मास्टर्नीसाबलाई ज्यू/हजुर घरमै लगिदिएँ भनेर फोनबाट रिपोर्ट गर्न सके बाटैबाट घरबिदा थप बक्सिस पाइन्छ । हवल्दार मेजर रुन मात्र सकेको छैन । हाम्रो घरमा के के फल्छ, पाइन्छ भनेर उसलाई रिझाउन जागिर खाएका हौं ? केही समय पहिले लोहनी थर गरेका सिपाहीले बासमती लोकल चामल एक बोरा घरमै पुर्‍याएकै दिन प्युठमा बिशेष सिफारिस गर्ने यिनै हुन् । दशैं फूलपातीमा माउसे हुँदै छु, त्यतिखेरसम्म यहाँ मिलाइदिउँला भनेर सिपाहीसँग पैसा सापट मागेको छ । 

फेरि माग्न पर्‍यो भने काम चलाउँदै गर, समस्या परेपछि भन मात्र भन्छ । थापा थर गरेका हवल्दारको २० हजार नदिएको महिनौँ भयो । यिनले को–कोसँग कति कति घुस खाएर कुन–कुन तालिममा पठाए, काभ्रेमा ड्युटी वर्षौंसम्म सिफारिस गरेर राखिरहे । 

– पीडित सैनिकहरू

 

टिप्पणीहरू