बजेटप्रति विद्यालय कर्मचारीहरु असन्तुष्ट, प्रशासनमा तालाबन्दी

बजेटप्रति विद्यालय कर्मचारीहरु असन्तुष्ट, प्रशासनमा तालाबन्दी

डडेल्धुराको परशुराम नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयका प्रशासन कक्षहरुमा तालाबन्दी गरिएको छ । नेपाल विद्यालय कर्मचारी युनियन, परशुराम नगरपालिका, कार्यसमितिले विद्यालयका प्रशासन कक्षमा तालाबन्दी गरेको हो । 

गत जेठ १५ गते ल्याइएको बजेटले विद्यालय कर्मचारीहरुको माग सम्बोधन नगरेको विरोधस्वरुप तालाबन्दी गरिएको कार्यसमितिले जनाएको छ । आजबाट आगामी जेठ २६ गतेसम्म सम्पूर्ण विद्यालयमा ताला लगाएर प्रधानाध्यापकलाई चाबी बुझाउने र उक्त अवधिभर विद्यालयमा उपस्थित नहुने विद्यालय कर्मचारीहरुले बताएका छन् । 

त्यस्तै, जेठ २७ देखि असार १ गतेसम्म राजधानीको भद्रकालीमा अनशन बस्ने, असार २ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने र असार २६ गते बिहानैदेखि नगरपालिकामा विरोध गर्ने घोषणा गरिएको छ । 

आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको सेवासुविधा हेरफेर गरिने विषय उल्लेख भएपनि बजेटले उपेक्षा गरेको कार्यसमितिको आरोप छ ।

टिप्पणीहरू