सेयर लगानीकर्ताको आन्दोलन स्थगित, पुँजीगत लाभकर नै अन्तिम कर

सेयर लगानीकर्ताको आन्दोलन स्थगित, पुँजीगत लाभकर नै अन्तिम कर

सेयर लगानीकर्ताको आन्दोलन स्थगित भएको छ । आज सरकार र सेयर लगानीकर्ताबीच भएको वार्तामा प्राकृतिक व्यक्तिको लागि पुँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भएसँगै आन्दोलन स्थगित भएको हो ।

वार्तामा लगानीकर्ताले सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गर्दै सेयर बजार खोल्ने सहमति भएको छ । सरकारी नीतिको विरोध गर्दै सेयर लगानीकर्ताले आज बिहानैदेखि सबै बोक्रर हाउसमा तालाबन्दी गरेका थिए ।  

साथै, ब्रोकरको कार्यालयमा टीएमएस खुला नगर्ने चेतावनीसहित कारोबार बन्द गराई लगानीकर्ताहरु अर्थमन्त्रीसँग छलफलको लागि मन्त्रालयमा गएका थिए । मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले छलफलपछि विज्ञप्ति जारी गर्दै सेयर कारोबार गर्ने प्राकृतिक व्यक्तिले नियमानुसार दाखिला गरेको ५ र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर हुने बताएको छ । 

‘आर्थिक विधेयक, २०८० को दफा २९ का सन्दर्भमा प्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्रहरु बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत लाभधर अन्तिम कर हुने व्यहोरा सम्बन्धित लगानीकर्ता एंव सर्वसाधारणलाई जानकारी गराइन्छ ।’
 

टिप्पणीहरू