रंगीपुरका किशोर पेस्तोल र गोलीसहित समातिए

रंगीपुरका किशोर पेस्तोल र गोलीसहित समातिए

सिरहा प्रहरीले हातहतियार बोकेर हिँडेका एकजनालाई पक्राउ गरेको छ । सुखिपुर नगरपालिका-६ रंगीपुरका १८ वर्षीय किशोर पेस्तोल र सोको गोलीसहित पक्राउ परेका हुन् । 

प्रहरी चौकी हर्कटी सिरहाबाट खटिएको प्रहरी टोलीले ती किशोरलाई औरही गाउँपालिका-१ गंगान पुलबाट पेस्तोल र गोलीसहित हिजो साँझ नियन्त्रणमा लिएको जनाइएको छ । प्रहरीका अनुसार बीआर ३२ एसी १४०४ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा  हातहतियार फेला परेपछि ति किशोर नियन्त्रणमा परेका हुन् । 

प्रहरीले उनको साथबाट एक थान पेस्तोल, सोको एक थान म्यागजिन र ६ राउण्ड पेस्तोलको गोली बरामद गरेको छ । 

साथै, पक्राउ परेका उनीमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू