पूर्वराष्ट्रपति विद्या भण्डारीमाथि मुद्दा चलाउन माग

पूर्वराष्ट्रपति विद्या भण्डारीमाथि मुद्दा चलाउन माग

प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले दुई-दुई पटक संघीय संसदका दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कानुनी कारवाही गर्न माग गर्नुभएको छ । 

आज बसेको प्रतिनिधिसभा बैठकमा संवैधानिक व्यवस्था उद्धृत गर्दैै उनले दुई पटकसम्म सदनले पारित गरेर पठाएको विधेयक प्रमाणीकरण गर्नुपर्ने संवैधानिक बाध्यता हुँदा पनि प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिमाथि कस्तो कारबाही हुन्छ भनेर प्रश्न पनि गर्नुभयो । उहाँले तत्काल कारबाही गर्न माग गर्नुभयो । 

राष्ट्रियसभा र प्रतिनिधिसभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सुझावसहित फिर्ता पठाउनु भएको थियो । यसपछि उक्त विधेयकमाथि छलफल गरी दुवै सदनले पुन: पारित गरेर प्रमाणीकरणका लागि पठाएको थियो । 

तर, तत्कालीन राष्ट्रपति भण्डारीले उक्त विधेयक प्रमाणीकरण नगरी होल्ड गरेर राख्नुभएको थियो । उक्त कार्य कानुनविपरीत रहेको भन्दै सांसद सिंहले कारबाहीको माग गर्नुभएको हो ।

टिप्पणीहरू