मान्छे मारेर भागेका वसन्त डेढ दशकपछि झुल्किए

मान्छे मारेर भागेका वसन्त डेढ दशकपछि झुल्किए

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी वसन्त हमाल १७ वर्षपछि समातिएका छन् । काभ्रेपलाञ्चोक घर भई हाल ललितपुरको च्यासल बस्दै आएका ३५ वर्षीय उनलाई प्रहरीले पक्रेको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकबाट २०६३ फागुन २४ गते ज्यान मार्ने उद्योग मुद्दाको वारदातपश्चात् उनी फरार भएका थिए । त्यसपछि काठमाडौं उपत्यकामा लुकिछिपी बस्दै आएको सूचनाको आधारमा खोजतलास गर्ने क्रममा उनी फेला परेका हुन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई च्यालसबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका हमाललाई आवश्यक कारबाहीका निम्ति जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको छ । 

उनी उक्त अपराधमा संलग्न हुँदा १७ वर्ष नाघेर १८ वर्षको उमेरका थिए ।

टिप्पणीहरू