युवती बलात्कारको आरोपमा युवक पक्राउ

युवती बलात्कारको आरोपमा युवक पक्राउ

२२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक समातिएका छन् । 

नुवाकोट घर भई हाल काठमाडौंको नागार्जुन बस्दै आएका ३५ वर्षीय कृष्ण तामाङलाई प्रहरीले बलात्कारको अभियोगमा पक्राउ गरेको हो । 

तामाङले ती युवतीलाई पीडितकै कोठामा करणी गरेको उजुरीको आधारमा स्वयम्भू वृत्तबाट खटिएको प्रहरी टोलीले उनलाई आज बिहान नियन्त्रणमा लिएको जनाइएको छ । 

प्रहरीले आरोपित तामाङ उपर आवश्यक अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू