मन्त्रिपरिषद्को निर्णय : बालेनलाई बेल्जियम पठाउने, कर्मचारीले हड्ताल गर्न नपाउने

मन्त्रिपरिषद्को निर्णय : बालेनलाई बेल्जियम पठाउने, कर्मचारीले हड्ताल गर्न नपाउने

आज बिहान बसेको मन्त्रिपरिषद् बैठले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई युरोप जान स्वीकृति दिएको छ । साहलाई जेठ २९ देखि ३२ गतेसम्म बेल्जियमको राजधानी ब्रसेल्समा आयोजना हुने ‘मेट्रो पोलिस वर्ल्र्ड कंग्रेस तथा ब्रसेल्स अर्बान समिट २०२३’ कार्यक्रममा सहभागी हुन अनुमति दिइएको बताइएको छ ।

बैठकले गरेका विभिन्न निर्णयमध्ये आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ बमोजिम आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्न आदेश जारी गर्ने भनिएको छ । त्यस सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गरिने जानकारी सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभएको छ ।

माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडलाई आयोजनाको टावर टाइट अफ वेका लागि रसुवा र नुवाकोट जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने सरकारको आजको निर्णयमा उल्लेख छ । उता काभ्रेपलाञ्चोकको पाँचखालमा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रुपान्तरण गर्ने सरकारको तयारी छ ।

टिप्पणीहरू