ठूला माछाहरुमाथि धमाधम प्रहरीको हात

ठूला माछाहरुमाथि धमाधम प्रहरीको हात
सुन्नुहोस्

सेन्चुरी कमर्सियल बैंकका तत्कालीन कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार न्यौपाने पक्राउ परेका छन् । 

बैंकको सिइओ हुँदा कर्जा प्रवाहमा अनियमितता गरेको आशंका गरिएका उनीसहित १२ जनालाई अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेहरुमा न्यौपानेसहित सेञ्चुरी बैंकका तत्कालीन चिफ क्रेडिट अफिसर राजेश भण्डारी,तुलसीराम गौतमलगायत छन् । उनीहरुले कमिसन लिई देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाई र उनका विभिन्न कम्पनीहरुलाई कम धितो राखेर बढी ऋण प्रवाह गरी बैंकलाई दुई अर्ब हानी नोक्सानी पुर्याएको आरोप छ । 

मनोज नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालका भान्जा हुन् । सेन्चुरी बैंक हाल प्रभु बैंकमा गाभिएको छ ।

टिप्पणीहरू