भिडियो ‘रिल’ बनाउँदा भारतीय युवतीकाे प्राणान्त

भिडियो ‘रिल’ बनाउँदा भारतीय युवतीकाे प्राणान्त

भारतको महाराष्ट्र राज्यमा भिडियो ‘रिल’ बनाउने क्रममा एक युवतीको मृत्यु भएको छ । छत्रपति संभाजीनगरकी २३ वर्षीया युवती श्वेता दीपक सुरवासेको रिल बनाउने क्रममा कार खाल्डोमा खस्दा घटनास्थलमै मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

उनी सुलिभञ्जनस्थित दत्त मन्दिर नजिकैको पहाडमा डाइभिङ सिकिरहेकी थिइन् । उनका २५ वर्षीय साथी सुरज सञ्जाउ मुलेले मोबाइल फोनमार्फत् भिडियो ‘रिल’ बनाइरहेका थिए ।

कार दुर्घटना हुनुअघिको केही सेकेन्ड भिडियो यतिबेला भाइरल भइरहेको छ । त्यो भिडियोमा हिजो दिउँसोतिर युवतीले कार चलाएको देखिन्छ । त्यसबेला ठूलो खाल्डो र कारबीच मात्र ५० मिटरको दूरी हुन्छ ।

कार पछाडिपट्टी कुदाउँदै गर्दा युवतीले ब्रेक लगाउनुको सट्टा एक्सेलेटर थिच्छिन् । भिडियो खिचिरहेका उनका साथीले ब्रेक थिच्न आग्रह गर्छन् ।

टिप्पणीहरू