रुकुम सदरमुकाममा कर्णेलको खोजी

रुकुम सदरमुकाममा कर्णेलको खोजी
सुन्नुहोस्

गणतन्त्रपछि शाही सेनाबाट नेपाली सेनामा रुपान्तरित नेपाली सेना जनमैत्री बन्ने प्रयासमा रहेको बताइन्छ ।

तर,रुकुम पश्चिमको मुसिकोटस्थित चण्डीदल र यसका गणपति ब्यारेक बाहिर खासै घुममिल हुन नचाहने निकायको रुपमा देखिएका छन् । यस अघिका कर्णेलहरु विभिन्न निकायसँग समन्वय र सहकार्यमा अग्रसर रहेको तर करिब बर्षदिन पहिला आएका शरद थापा भने त्यस्तो नरहेको गुनासो रहेको छ । कार्यक्षेत्रका विभिन्न निकायसँगको सहकार्य र अन्तरक्रियालाई बेवास्ता गर्दै हिंडेको आरोप थापामाथि रहेको छ ।

पश्चिम रुकुमको जिल्ला प्रशासन कार्यालयमा हिजो आइतबार सम्पन्न  छलफल कार्यक्रममा समेत एक पत्रकारले लामो समयदेखि गणपतिको अवस्था अज्ञात रहेकोवारे सिडियो हरिप्रसाद पन्त समक्ष जिज्ञासा राखेका थिए । सेनाका प्रमुख मात्र हैन, जिल्लाका केही कार्यालय प्रमुख र सदरमुकाम बाहिरका सरकारी कार्यालय कहाँ कता छन् भन्नेबारेमा समेत जानकारी नभएको गुनासो उनको छ । 

भूकम्पको बेला जिल्ला छोडेर तालिमको बहानामा बिदेश हिंडेको आरोपसमेत लाग्ने गरेको छ ।

सिडियोले बार्षिक सम्पादित  कार्यहरु सार्वजनिक गर्ने क्रममा विभिन्न सरकारी कार्यालयहरुवीच सहकार्य, समन्वय र अनुगमनको कुरालाई जोड्दै गर्दा पत्रकारहरुले सेना प्रमुखसमेतसँगको सहकार्य बारे प्रश्न राखेका हुन् । 
हुन त सेनालाई उच्च अनुशासन,आफ्नै नियम भएको अड्डाको रुपमा चिनिँदै आएको छ । तथापी भूकम्प,बाढी,पहिरो लगायत विपद्को सामना गरिरहेको जिल्ला भएको कारण विपदको बेला जनतासामु सेनाको उपस्थितिलाई महत्वपूर्ण साथ,हौसलाको रुपमा लिइन्छ । गणपति थापालाई भूकम्पको बेला जिल्ला छोडेर तालिमको बहानामा बिदेश हिंडेको आरोपसमेत लाग्ने गरेको छ । 


आर्थिक वर्ष ०८०/८१ मा प्रशासनले सम्पादन गरेका कार्यहरुवारे जानकारी दिने क्रममा प्रमुख जिल्ला अधिकारी पन्तले उत्कृष्ट र सेवाग्राहीमैत्री सेवा प्रवाह भएको दाबी गरेका छन् । उनले कार्यालयमा आएका सबै मुद्धा फछ्र्यौट गर्न सफल भएको जनाएका छन् । पन्तले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका साथै नागरिकता प्रमाणपत्र तथा प्रतिलिपी,नाबालक परिचयपत्र,राहदानी,राष्ट्रिय परिचयपत्र पत्र,हातहतियार नविकरण,विपद् व्यवस्थापन,विभिन्न सिफारिस तथा अनुगमन जस्ता कार्यहरु सम्पादन गरिएको बताए ।  

उनले गत आर्थिक वर्ष तीन करोड ५२ लाख २९ हजार १६९ रुपियाँ राजश्व संकलन भएको जनाए । त्यसैगरी पुँजिगततर्फ ९९.६८ प्रतिशत र चालुतर्फ ९५.२३ प्रतिशत प्रगति भएको प्रशासनको भनाई छ । कार्यालयले २२ वटा ठाडो उजुरी,एक वटा नागरिकतासम्बन्धी उजुरी, गृह मन्त्रालय तथा राष्ट्रिय सतर्कता केन्द्रबाट आएका २२ उजुरी,अख्तियार र मातहतका २५ वटा, बैदशिक रोजगारी सम्बन्धी एक र सवारी ज्यान सम्बन्धी १७ उजुरी टुंगो लगाएको विवरण सार्वजनिक गरेको छ ।

टिप्पणीहरू