मुसलधारे वर्षाले काठमाडौं आएको विमान अन्तै डाइभर्ट,बल्खुमा भेटियो पुरुषको शव
गएरातिको अविरल वर्षाका कारण आएको बाढीले उपत्यकाका बागमती,हनुमन्ते,विष्णुमती,गोदावरी, मनोहरा नदी आसपासका भूभाग डुबेको छ । किनारका बस्तीमा पानी पसेकाले ललितपुरको च्यासलस्थित एमाले कार्यालय पनि जलमग्न भएको छ ।
भक्तपुरको जगाती,सल्लाघारी,बाराही क्षेत्र डुबानमा परेका छन् । बागमती नदी किनारका सुकुम्बासी बस्ती,वरपरका घर तथा कारखानामा बाढी पसेर अस्तव्यस्त देखिएको छ । नदी किनारका सडक पनि जलमग्न भएका छन् ।
"किनारका बस्तीमा पानी पसेकाले ललितपुरको च्यासलस्थित एमाले कार्यालय पनि जलमग्न भएको छ ।"
गएराति हनुमन्ते,बागमतीलगायतका नदीको जलसतहले खतराको तह पार गरेको थियो । खोकनामा बागमती नदीको जलसतह ५ दशमलव ५९ मीटर र गौरीघाटमा २ दशमलव ३४ मीटर पुगेको बताइन्छ ।
दुबईबाट काठमाडौं आइरहेको फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ को विमानलाई राति सवा १ बजे काठमाडौंमा अवतरण गर्न नसक्ने भएपछि लखनउ डाइभर्ट गराइएको छ ।
बाढीसङ्गै बल्खुमा एउटा पुरुष शव भेटिएको छ । प्रहरीका अनुसार शवको प्रकृति हेर्दा नदीको बाढीमा डुबेर मृत्यु भएको हुनसक्छ ।
तस्बिरहरु...
टिप्पणीहरू