विमानस्थलमा झण्डै एक करोड बिदेशी मुद्रा

विमानस्थलमा झण्डै एक करोड बिदेशी मुद्रा

आज दिउँसो काठमाडौंबाट बैंकक जान लागेका तीन जना नेपालीको साथबाट झण्डै एक करोड बराबरको अवैध विदेशी मुद्रा फेला पारिएको छ । थाइ एअरवेजको उडानबाट त्यसतर्फ जान लागेका तीन जनाले लुकाईछिपाइ लैजान लागेको ठूलो परिमाणको युरो, दिराम,थाइ भाट र जापानिज येन बरामद भएको बताइएको छ ।

थप विवरण प्राप्त नभएको उल्लेख गर्दै स्रोत भन्छ, ‘मोटामोटी ८८ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा भेटिएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।’

टिप्पणीहरू