झण्डै एक करोड विदेशी पैसा गन्दै प्रहरी
काठमाडौंबाट बैंकक जान लागेका तीन जना नेपालीको साथबाट फेला परेको ठूलो परिमाणको विदेशी मुद्रा गन्न थालिएको छ । थाइ एअरवेजको उडानमा त्यसतर्फ जान लागेका तीन जनाबाट लुकाईछिपाइ बोकेको ठूलो परिमाणको अमेरिकी डलर,युरो,युएइ दिराम,थाइ भाट र जापानिज येन बरामद गरिएको छ ।
विमानस्थलको एक्सरेमा राहदानी नम्बर पीए २६५७४२४ वाहक दिनेश भुसाल, पीए २५६०५० का मानव आचार्य र पीए ०९२५१४० का महेशमान मानन्धरको साथबाट अवैध विदेशी मुद्रा बरामद भएकाे थियो ।
साढे १२ बजे नियन्त्रणमा लिइएका उनीहरुको साथमा रहेका कागजातको अनुसन्धान र फेला पारिएको विदेशी मुद्रा गन्ने काम भइरहेको बुझिएको छ । प्रहरीको प्रारम्भिक अनुमानमा उक्त मुद्रा नेपाली रुपैयाँ ८८ लाख बराबर छ ।
टिप्पणीहरू