राज्यमन्त्रीको टोली हेलिकोप्टर लिएर पहिरो निरीक्षणमा
उर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ रामेछाप पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएका छन् ।
कैलाश एयरको हेलिकोप्टरमा चार जनाको टोली लिएर उनी केही बेरअघि पहिरो प्रभावित क्षेत्रतर्फ लागेका हुन् । कैलाशको 9N-AML कलसाइन भएको हेलिकोप्टरमा काठमाडौँबाट रामेछाप उडेको टोलीमा राज्यमन्त्री तामाङ, धन बहादुर तामाङ, कृष्ण बहादुर महत र शीला खड्का छन् ।
रामेछापको दोरम्बा-शैलुङ गाउँपालिका- ३ लेकखर्क पोखरी गाउँमा गएराति ठूलो पहिरो जाँदा सिङ्गै बस्ति नै प्रभावित भएको छ । पहिरोमा परी ६ जनाको निधन हुनुका साथै केही घाइते र वेपत्ता रहेको बताइएको छ ।
पहिरोले दोरम्बा-शैलुङ गाउँपालिकाको वडा नं ३ र २ जोड्ने ढोइगाउँ खोला पक्कि पुल बगाएको छ ।
टिप्पणीहरू