नेपाली तीर्थयात्री सवार बस बिहारमा दुर्घटना, ३० जना घाइते

नेपाली तीर्थयात्री सवार बस बिहारमा दुर्घटना, ३० जना घाइते

भारतको बिहारमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् भने ८ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । 

४३ यात्रु सवार उक्त बस झारखण्डको देवघरतर्फ जाँदै गर्दा समस्तीपुर जिल्लामा पर्ने मुसरीघरारीमा ट्रकसँग ठोक्किएर पल्टिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । हिन्दुस्तान टाइम्सका अनुसार बिहान ४ बजे राष्ट्रिय उच्चपथ २८ स्थित सडकमा बस पल्टिएको हो । 

प्रहरीले घाइतेको तत्काल उद्धार गरी समस्तीपुर सदर अस्पताल पुर्याएको बताइएको छ । गम्भीर घाइतेलाई भने अन्यत्रै रिफर गरिएको छ ।

टिप्पणीहरू