एसबिआईका ग्राहकलाई मणिपालमा विशेष छुट

एसबिआईका ग्राहकलाई मणिपालमा विशेष छुट

नेपाल एसबिआई बैंकका ग्राहकले पोखरास्थित मणिपाल टिचिङ हस्पिटल र मणिपाल कलेज अफ मेडिकल साईन्समा विशेष छुट पाउने भएका छन् । 

बैंक र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपबीच भएको समझदारीसँगै त्यहाँ उपलब्ध विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशतदेखि सतप्रतिशतसम्म छुट प्राप्त हुने भएको छ ।

यो सुविधा बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले प्राप्त गर्न सक्ने उल्लेख छ । छुटसम्बन्धी समझदारी पत्रमा बैंकका प्रबन्ध सञ्चालक एवम् प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे र मेडिकल ग्रुपका प्रमुख कार्यकारी अधिकृत अनिल ओदूभिलले हस्ताक्षर गरेका हुन् । 

आधुनिक बैंकिङ्ग प्रणालीमा ग्राहकको पहुँच बढाउन एसबिआई बैंकले समय–समयमा यस्ता सुविधा ल्याउने गरेको छ । बैंकले देशभर आफ्ना एक सय शाखा, २२ एक्सटेन्सन काउण्टर, सात प्रादेशिक कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

टिप्पणीहरू