शुरु भयो भक्तपुर महोत्सव

शुरु भयो भक्तपुर महोत्सव

भक्तपुर महोत्सव आजदेखि शुरु भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा पाँच दिने महोत्सव शुरु भएको छ । नगर प्रमुख सुनिल प्रजापतिले टौमढीमा एक भव्य समारोहबीच महोत्सव शुभारम्भ गरेका हुन् । 

उद्घाटन सभामा बोल्दै उनले महोत्सवमार्फत् भक्तपुरलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नतर्फ ध्यानकेन्द्रित गरेको जनाए । महोत्सव स्वदेशी र विदेशी पर्यटकहरुको प्रवद्र्धन गर्ने महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ । 

त्यस्तै, वडा नम्बर ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले स्थानीय मौलिक विशेषताहरु आन्तरिक तथा बाह्य पर्यटकलाई प्रदर्शन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जनाए । यस पटकको महोत्सवले भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउन टेवा पुग्ने उनको विश्वास छ । 

महोत्सवमा ऐतिहासिक कला, संस्कृति, धार्मिक परम्परा झल्कने नृत्य, हस्तकला, घरेलु उद्योग, सीप, कला, खाद्य सामग्री, (बाँसुरी वादन प्रतियोगिता, भजन, नौबाजा, परम्परागत र आधुनिक सांस्कृतिक नाच), प्रदर्शनी पौभा, तस्बिर, चित्रकला, छ्वालीकला प्रस्तुत गरिँदै छ । 

त्यस्तै, परम्परागत पोशाक, वाद्यवादन यन्त्र, जीवित कुमारी, दिपङ्कर बुद्ध, मृत्तिका कला प्रदर्शनी, बौद्ध प्रकाशन, कृषि उत्पादन, खाना महोत्सवलगायत गतिविधि हुने छन् ।

टिप्पणीहरू