भरतपुरमा बिरामी कुरुवालाई सित्तैमा खाना

भरतपुरमा बिरामी कुरुवालाई सित्तैमा खाना

चितवनको भरतपुर अस्पतालले त्यहाँ भर्ना भएका विपन्न बिरामीका कुरुवालाई निःशुल्क खाना खुवाउने भएको छ ।

विगतदेखि बिरामीलाई सित्तैमा खाना खुवाउँदै आएको अस्पतालले अब कुरुवालाई पनि एकछाक दिन लागेको हो । आज सूचना जारी गर्दै अस्पतालले बिरामीका कुरुवालाई निःशुल्क खाना खुवाउन थालिएको जानकारी गराएको छ।

‘भरतपुर अस्पतालले त्यहाँ भर्ना भएका बिरामीहरुलाई नियमित रुपमा निःशुल्क खाना खुवाउँदै आएकोमा पौष महिनादेखि विपन्न बिरामीका आफन्तहरुलाई समेत नियमित बेलुकीको खाना निःशुल्क व्यवस्था गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ’,सूचनामा उल्लेख छ ।

सो व्यवस्थाले उपचारका लागि दूरदराजदेखि आउने तथा विपन्न बिरामीहरुलाई राहत पुग्ने अस्पतालको विश्वास छ ।

टिप्पणीहरू