१० वर्षे दाजुले बन्दुक चलाउँदा ८ वर्षे भाइको मृत्यु

दाङको तुलसीपुरमा बालकले बन्दुक चलाउँदा अर्का बालकको गोली लागेर ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–३, साम्वाहमा आठ वर्षीय भुवन केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकका दाजु १० वर्षीय शिशिर केसीले गोली चलाएको बताइएको छ । घरमा उनले घरमा राखिएको बरुवा बन्दुक चलाएका थिए । बुबाआमा अन्यत्र गएको समयमा उक्त घटना भएको हो ।
टिप्पणीहरू