आईसीयूमा राख्नुपर्ने बिरामीलाई जनरल वार्डमा उपचार, छ दिनपछि निधन

आईसीयूमा राख्नुपर्ने बिरामीलाई जनरल वार्डमा उपचार, छ दिनपछि निधन

काठमाडौँको कमलपोखरीस्थित शानदार मःम पसलमा भएको ग्यास सिलिन्डर विस्फोटका दुई जना घाइतेको उपचार क्रममा ज्यान गएको छ । कीर्तिपुर अस्पतालमा उपचाररत मकवानपुरका १८ वर्षीय रविन राई र उदयपुरका २५ वर्षीय भीमबहादुर घले मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाँकी नौ जना घाइतेको पनि सोही अस्पतालमा उपचार जारी छ । ग्यास पड्किएपछि जलेका उनीहरुलाई कीर्तिपुर अस्पताल लगिएको थियो । तर आइसीयूमा राख्नुपर्ने बिरामीलाई जनरल वार्डमा राखेर उपचार गरिएको जनाइएको छ ।
 

टिप्पणीहरू