प्रचण्डलाई रिबन काटेर भ्याई नभ्याई

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेलीप्याड उद्घाटन गर्नुभएको छ।
गुल्मीको मालिका गाउँपालिका- ४ अर्खाबाङमा नवनिर्मित हेलीप्याडको उहाँले औपचारिक कार्यक्रमका बीच आज बिहान रिबन काट्नुभएको हो । लगत्तै सोही वडामा निर्माण भएको पर्यटकीय स्थल 'मालिका पिस पार्क' को पनि उहाँले उद्घाटन गर्नुभयो ।
मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालसहितका जनप्रतिनिधि तथा स्थानीयको उल्लेख्य उपस्थितिमा हेलीप्याड तथा पार्कको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले नेपालकै नमूना हेलीप्याड निर्माण भएको बताउनुभयो ।
आजै उहाँले मालिका गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवन उद्घाटन गर्दै हुनुहुन्छ । त्यसपश्चात धुर्कोट गाउँपालिकामा निर्मित शहीद पार्क शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।
टिप्पणीहरू