प्रधानमन्त्रीलाई होली वाइनको निम्तो

प्रधानमन्त्री केपी शर्मा ओलीसँग युनिभर्सल पिस फेडेरसनका अन्तर्राष्ट्रिय अध्यक्ष डा. चार्ल्स एस याङले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा याङले कोरियामा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताको निम्ति निम्तो दिएका छन् ।
आगामी अप्रिल १० देखि १४ सम्म दक्षिण कोरियामा शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गरिँदै छ । सम्मेलनमा प्रधानमन्त्री ओलीलाई विशेष अतिथिका रुपमा आमन्त्रण गरिएको छ ।
याङ सुनहक शान्ति पुरस्कार फाउण्डेसनका अध्यक्ष हुन् । उक्त भेटमा नेपाल परिवार दलका अध्यक्ष तथा एमाले सांसद एकनाथ ढकाल पनि थिए ।
टिप्पणीहरू