सिंहदरबारमा माननीय र मेयरबीच चर्काचर्की, प्रहरी हस्तक्षेप

प्रशासकीय अधिकृतको माग गर्दै सिंहदरबार पुगेका एक जना प्रदेश सभासद् र मेयरबीच चर्काचर्की परेको छ । दिउँसो साढे १ बजे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेका उनीहरुबीच भएको भनाभन रोक्न प्रहरी नै पुग्नुपरेको बताइन्छ ।
मधेश प्रदेशका सभासद् लखनदास र बाराको पचरौता नगरपालिकाका मेयर जलनधर सिंहबीच मन्त्रालयभित्रै चर्काचर्की परेपछि प्रहरी बोलाइएको हो । दुबै पक्षका गरी आधा दर्जनको संख्यामा रहेकाहरु चर्को रुपमा प्रस्तुत भएपछि प्रहरी टोली मन्त्रालय पुगेको थियो ।
उनीहरु आफू अनुकूलको प्रशासकीय अधिकृत सरुवाको विषय लिएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थको कार्यकक्षमा जाँदै थिए । प्रहरीको सिंहदरबार वृत्त र सिंहदरबार सुरक्षा गणको टोलीले अवस्थालाई सामान्य बनाएको बुझिएको छ ।
टिप्पणीहरू