बेलुन बिस्फोट पीडित उपप्रधानमन्त्री खतरामुक्त,मेयरको उपचार जारी

बेलुन पड्किएर सख्त घाइते भई अस्पतालमा उपचाररत उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आज डिस्चार्ज गरिने भएको छ ।
कीर्तिपुर बर्न अस्पताल प्रशासनले विज्ञप्ति जारी गर्दै जलनको घाउ निको भएको र फोक्सोमा कुनै नराम्रो असर नदेखिएकाले डिस्चार्ज गर्न लागिएको जानकारी दिएको छ । तर, सोही घटनाका घाइते पोखरा महानगरका मेयर धनराज आचार्य भने थप केही दिन अस्पतालमै रहने छन् ।
पहिलेदेखि नै उच्च रक्तचापको समस्यामा रहेका उनको अवस्थाबारे हृदयरोग विशेषज्ञसँग परामर्श भैरहेकाले थप केही दिन उपचार हुने अस्पतालले जनाएको छ ।
पहिलेदेखि नै उच्च रक्तचापको समस्यामा रहेका उनको अवस्थाबारे हृदयरोग विशेषज्ञसँग परामर्श भैरहेकाले थप केही दिन उपचार हुने अस्पतालले जनाएको छ ।
शनिबार पोखरा भ्रमण वर्षको उद्घाटन क्रममा बेलुन पड्किँदा पौडेल र आचार्य घाइते भएका थिए । सोही दिन हेलिकोप्टरबाट काठमाडौँ ल्याइएका उनीहरुको विशेष तवरले उपचार भैरहेको छ ।
टिप्पणीहरू