हिपको उपचार गराउन पूर्वराष्ट्रपति बैंकक प्रस्थान

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गर्नुभएको छ । हिपको उपचार गराउनका लागि यो आकस्मिक यात्रा भएको भनिएको छ ।
नेपाल एअरलाइन्सको उडान नम्बर आरए–४०१ बाट त्यसतर्फ जानुभएकी उहाँसँगै जेठी छोरी उषाकिरण भण्डारी, सुरक्षाकर्मी मधु साह,एक महिलासहित पाँच जना छन् । उहाँहरु एक सातापछि स्वदेश फर्किनुहुने बुझिएको छ ।
टिप्पणीहरू