काठमाडौंमा अमेरिकी राजदूतावास नजिकै प्रदर्शनको तयारी

काठमाडौंमा अमेरिकी राजदूतावास नजिकै प्रदर्शनको तयारी

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हालै लिएका निर्णयहरुमाथि पुनर्विचारको माग गर्दै काठमाडौंस्थित संयुक्त राज्य अमेरिकाको राजदूतावास बाहिर प्रदर्शनीको तयारी थालिएको छ । डा. गोविन्द केसी सोलिडारिटी एलायन्सले अमेरिकाका पछिल्ला निर्णयले विश्वको जलवायु, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा गम्भीर असर पर्ने ठहर गर्दै निर्णय सच्चाउन आग्रह गर्दै प्रदर्शन गर्न लागेको जनाइएको छ ।

सहभागिताको लागि अनुरोध गर्दै भनिएको छ, ‘ट्रम्प प्रशासनले हालै लिएका कदमले नेपाललगायत संसारका विभिन्न देश तथा त्यसका नागरिकलाई जलवायु परिवर्तन, जनस्वास्थ्य, शिक्षा र जीविकोपार्जन जस्ता क्षेत्रमा नकारात्मक असर पारेको छ ।’ पश्चिम एसियाको गाजापट्टीका प्यालेस्टाइनीहरूको जातीय सफाया गर्ने खालका प्रस्तावले त्यहाँको भू–राजनीति अस्थिर बनेको एलायन्सको ठहर छ । 

अमेरिकाका कतिपय निर्णयले अन्तर्राष्ट्रिय मानवीय कानुनको खिल्ली उडाएको, युद्धग्रस्त युक्रेनले पाइरहेको अमेरिकी सहयोगको अनिश्चितताले उसको अस्तित्व खतरामा परेको भन्दै प्रदर्शन गर्न लागिएको हो । भोलि दिउँसो साढे ३ बजेको समयमा महाराजगञ्ज चोकदेखि दूतावाससम्म प्रदर्शन गरिने स्रोतले बतायो ।

कार्यक्रमको अन्तमा दूतावासमा ज्ञापनपत्र बुझाउने भनिएको छ ।

टिप्पणीहरू