कर्साबलाई केटी काण्ड लागेपछि

कर्साबलाई केटी काण्ड लागेपछि
सुन्नुहोस्

लेफ्टिनेट कर्णेल गंगाबहादुर विष्टमाथि पाँच वर्षसम्म बढुवा रोक्ने सजायँ प्रधानसेनापति अशोकराज सिग्देलले सदर गरेका छन् । सैनिक व्याट्ल स्कूलमा कार्यरत रहँदा बिष्टले सैनिक अनुशासन र आचरण उल्लंघन गरेको भन्दै सैनिक अदालतमा उजुरी परेको थियो । ब्रिगेडियर पवन खत्रीको अध्यक्षतामा गठित सैनिक अदालतले उनलाई दोषी ठहर गर्‍यो । सेनापति अशोकराज सिग्देलले उसको फैसला सदर गरेपछि बढुवामा पाँच वर्षसम्म ब्रेक लागेको हो ।

यसबीच रक्षा मन्त्रालयले पहिलो चार वर्षे सेवा अवधि पूरा हुनेबित्तिकै लागू हुने गरी किरण केसी र मानबहादुर महराको म्याद थपेको छ । केसी सुदूरपश्चिम पृतना हेडक्वार्टरमा छन् भने महरा सैनिक सचिव विभागमा काम गर्दैछन् । केसीको मंसिर ८ गते पदावधि समाप्त भएको थियो अब २०८२ साल साउन २६ गतेसम्म पदमा कायम रहनेछन् । त्यसैगरी, महराको २०८१ मंसिर ३० गते सकिएको पदावधि २०८२ भदौ १५ गतेसम्म कायम भएको छ । एकातिर यी दुई जर्नेलको पदावधि थपिएको छ भने अर्कोतर्फ पदावधि तथा उमेर हदका कारण ५ जना सैनिक अधिकृतले अवकाश पाएका छन् । टंकप्रसाद भट्ट र नवराज गुरुङ मंसिर ३ गतेदेखि अवकाशमा गएका छन् । भट्ट सैनिक सचिव विभागको अतिरिक्त समूहमा थिए भने गुरुङ समारोह सञ्चालन निर्देशनालयमा थिए ।

टिप्पणीहरू