पूर्वरानीको फोटो झुण्ड्याएर बत्ति बाल्नुअघि नाराबाजी

पूर्वरानीको फोटो झुण्ड्याएर बत्ति बाल्नुअघि नाराबाजी

राजा र हिन्दुराष्ट्र फर्काउने अभियानअन्तर्गत राजावादीहरुको एक समूहले न्युरोडमा र्याली निकालेको छ ।   

राजतन्त्रको पक्षमा वकालत गर्दै आएको 'राष्ट्रवादी नागरिक समाज' ले आज पूर्वरानी कोमल शाहको जन्मदिनको अवसर पारेर र्याली गरेको हो । न्युरोड गेटदेखि नाराबाजी गर्दै महाबौद्ध पुगेका राजवादीहरुले कोमलको फोटो अगाडि दीप प्रज्वलन गरेका छन् । 

राजतन्त्रको समर्थनमा लेखिएका प्लेकार्ड र ब्यानरसहित पूर्वराजा ज्ञानेन्द्र र रानी कोमलको फाेटाे हातमा लिएका उनीहरुले 'गणतन्त्र मूर्दावाद' 'राजतन्त्र जिन्दावाद', भ्रष्टाचारी र विदेशी दलाल मूर्दावाद', जस्ता नारा लगाएका थिए ।

उक्त समाजका अध्यक्ष चन्द्रबहादुर रामदामको नेतृत्वमा आयोजित कार्यक्रममा ध्रुब गुरुङ, प्रकाश श्रेष्ठलगायत चार दर्जन राजावादीको उपस्थति रह्यो ।

टिप्पणीहरू