पूर्व राजाको गध्दीमा फर्कने रहर, सरकार प्रतिक्रिया जनाउन आतुर

राजतन्त्र पुनर्स्थापनाका लागि भित्रभित्र सक्रिय रहँदै आएका पूर्वराजा ज्ञानेन्द्र शाह अब भने खुलेरै गणतन्त्रको विपक्षमा बोल्न थालेका छन् । ०६२/०६३ को जनान्दोलनपछि सात राजनीतिक दल र दक्षिणको छिमेकी मिलेर धोका दिएकै कारण राजसंस्था पल्टिएको गुनासो गर्ने गरेका उनले अब चुप लागेर नबस्ने प्रष्ट सन्देशसमेत दिए ।
अघिल्ला वर्षहरुमा प्रजातन्त्र दिवसको दिन फागुन ७ गते विज्ञप्ति निकालेर शुभकामना दिने गरेका पूर्वराजा ज्ञानेन्द्र यसपटक भने फरक रुपमा प्रस्तुत भएका हुन् । श्रीमती कोमल, बुहारी हिमानी, राजपरिवारका सदस्य र बालसखासहितको जम्बो टोली लिएर केही दिनअघि पोखरा पुगेका ज्ञानेन्द्रले उतैबाट भनेका छन्, 'राष्ट्र जोगाउने र राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरुलाई आह्वान गर्छौं ।'
विगतका कमी-कमजोरी तथा आफ्नो प्रकृति र संस्कृतिविरुद्धका त्रुटि सच्याएर अघि बढ्ने चेतना हामीलाई प्राप्त होस् भन्दै ज्ञानेन्द्रले सत्ता हातमा लिनु गल्ति भएको जनाऊ पनि दिएका छन् । यद्यपि, जनताको भलो होस् भने गद्दी त्यागेको स्पष्ट पार्दै उनले यसलाई कमजोरी नठान्न दलहरुलाई चेतावनी दिएका छन् ।
मीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौं । अब नेपालको उन्नतिका लागि हामीबाट अरु के-के त्याग गर्नुपर्ने हो, हामी तयार छौं',
'राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्छ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौं । अब नेपालको उन्नतिका लागि हामीबाट अरु के-के त्याग गर्नुपर्ने हो, हामी तयार छौं', पूर्वराजाको भनाई छ, 'राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौं । हामीले जनताको भलो होस् भनेर आफ्नो ओहदा र सुखसुविधालाई पनि त्याग गरेका हौं । त्यागले कसैको कद सानो हुने होइन । त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नुहुँदैन ।'
कसैलाई काखापाखा र पन्पक्ष नगरी देश चलाउने आफ्नो अभिलाषा सुनाउँदै ज्ञानेन्द्रले गद्दी त्यागको अर्थ र आशय पनि त्यही हो भनेका छन् । इतिहासको नाश र पहिचानको अपमान गरेर देश उँभो नलाग्ने उनको निष्कर्ष छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध पूर्वराजाले खुलेआम धावा बोल्दा सरकार र राजनीतिक दलहरु भने प्रतिक्रियाविहीन छन् । जबकि विगतमा कांग्रेस, एमाले, माओवादीलगायत प्रमुख पार्टीका नेताले ज्ञानेन्द्रले बोलेका कुराको तात्तातै खण्डन गर्थे । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्रको हिजोको वक्तव्यबारे उच्च तहमा छलफल गर्न लागेको बताइएको छ ।
टिप्पणीहरू