उपेन्द्र यादवकाे होली कतारमा

उपेन्द्र यादवकाे होली कतारमा
सुन्नुहोस्

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव कतार गएका छन् । नेपाली समाज कतारले आयोजना गर्न लागेको होली महोत्सव, रमादान पर्व र शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन उनी दोहा गएका हुन् ।

एअर इण्डियाको उडान नम्बर एआई–२१८ बाट दिल्ली हुँदै कतार गएको बताइन्छ । फागुन १२ गते हिमालय एअरलाइन्सको उडानमा दुबई हुँदै स्वदेश फर्कने छन् ।

टिप्पणीहरू