सेनापति पूर्वतिर,स्काइ ट्रक चितवनतिर

सेनापति पूर्वतिर,स्काइ ट्रक चितवनतिर

प्रधानसेनापति अशोकराज सिग्देल पूर्वका दुई जिल्ला जान लागेका छन् । बिहान सवा ८ बजे सैनिक हेलिकोप्टर एनए ०५८ अगुस्टामा खोटाङ हुँदै ओखलढुंगा पुग्ने र साँझ फर्कने कार्यक्रम छ ।

आजै सेनाको एउटा स्काइट्रक चितवनको भरतपुर,सिमरातर्फ उडाइँदै छ । बिहान साढे १० बजे काठमाडौंबाट उड्ने एनए ०६४ कल साइनको स्काइट्रकले लाइसेन्स नवीकरण प्रयोजनको लागि उडान भर्न लागेको बुझिएको छ । सैनिक स्रोतका अनुसार उक्त उडानमा पाइलट जर्नेल आरएस बोहोरा र लेफ्टिनेन्ट आर राई रहनेछन् । फ्लाइट इञ्जिनियर भने लेफ्टिनेन्ट कर्णेल आरके लुईंटेललाई तोकिएको छ ।

उता प्रधानसेनापति सवार हुने हेलिकप्टर भने पाइलटहरु कर्णेल पिबी पाण्डे र कर्णेल पिबी बोहोराले उडाउने छन् ।

टिप्पणीहरू