अम्बेका ऋणीलाई पैसा तिर्न अन्तिम मौका

अम्बेका ऋणीलाई पैसा तिर्न अन्तिम मौका
सुन्नुहोस्

समस्याग्रस्त घोषित अम्बे कोशी बचत तथा ऋण सहकारीका ऋणीलाई ऋण तिर्न  एक महिने अल्टिमेटम दिइएको छ । 

कोशी प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आज सूचना जारी गर्दै उक्त सहकारीका ऋणीलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न निर्देशन दिएको हो । इटहरी–६, का ऋणीलाई बुझाउनुपर्ने साँवा-ब्याज राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर २६५०१०००००४२६००१ मा जम्मा गर्न भनिएको छ । 

तोकिएको समयावधिभित्र आफूले उपभोग गरेको ऋण तथा अन्य दायित्व राफसाफ नगरेमा धितो भएमा धितो, नभएमा कुनै वित्तिय संस्थामा भएको आर्थिक कारोबार वा अन्य चल, अचल सम्पत्ति रोक्का राखी कालोसूचीमा राख्ने कार्यालयको चेतावनी छ ।

टिप्पणीहरू