पूर्व प्रदेश प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी

मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराजमाथि ‘महिला काण्ड’ को झ्याउलो आइलागेको छ । नेपाल प्रहरीको काठमाडौं परिसरस्थित महिला सेलले उनीमाथि लागेको आरोपउपर अनुसन्धान गरिरहेको बताइन्छ ।
स्रोत भन्छ, ‘गम्भीर अनुसन्धान भइरहेको छ । परिसरको महिला सेलकी महिला इन्सपेक्टरले अनुसन्धान थालेकी छन् । सम्भवतः वाह्य सम्बन्धको परिणाम जस्तो बुझिन्छ ।’
स्रोतका अनुसार निकै पुरानो मामला अहिले बाहिर आएको हो ।
पत्रकार बीचमा मधेश आन्दोलनमा लागेका थिए । केपी शर्मा ओलीले अघिल्लो प्रधानमन्त्रीत्वकालमा दुर्गा प्रसाईंलाई केन्द्रीय सदस्य बनाएझैँ अहिराजलाई गोकुल बाँस्कोटाको सिफारिसमा फलामले फलाम काट्छ भने झैं मधेसी नेताहरुलाई सबक सिकाउन मधेश प्रदेशको प्रमुखमा नियुक्त गरिदिएपछि उनी एमाले वृत्तमा अझ बढी चिनिन थाले । त्यतिबेलै एमाले पंक्तिमा चर्चा थियो, ‘अध्यक्षले ठीक र गलत चिन्दैनन् । हामीले मात्रै भनेर के गर्नु ?’
टिप्पणीहरू