जर्नेल खड्का ‘लाइन अरेष्ट’ मा

नेपाली सेनाका एक जना सहायक रथी सैनिक प्रहरीको हिरासतमा पुगेका छन् । एक तारे जर्नेल रोशन खड्कालाई ‘लाइन अरेष्ट’ गरिएको सैनिक स्रोतले पुष्टि गरेको छ ।
वेतन वृत्तिमा रहेका खड्का हिजोदेखि सैनिक प्रहरीको हिरासतमा रहेको बताइन्छ । उनै मातहत कार्यरत मेजर समिर गुरुङ यसअघि कल्याणकारी कोषको झण्डै सात करोड रुपैयाँ मिलिजुली अपचलन गरेर बेलायततिर भागिसकेका छन् । भलै उनकी श्रीमती मेजर मनकुमारी थेबे भने सिंहदरबारस्थित नरसिंह दलमा कार्यरत छिन् ।
यसअघि पोखराको जग्गा प्लटिङमा मुछिएका जर्नेल कुमार केसी पनि यसरी नै भागेर अमेरिका पुगेका थिए ।
टिप्पणीहरू