प्रधानमन्त्री चितवन जाने, मन्त्री अमेरिका जाने

प्रधानमन्त्री चितवन जाने, मन्त्री अमेरिका जाने

प्रधानमन्त्री केपी शर्मा ओली चितवन जान लाग्नुभएको छ । १० बजे सेनाको हेलिकोप्टरमा बालुवाटारबाट भरतपुर गएर अपरान्ह ४ बजेपछि सोही हेलिकोप्टरमा राजधानी फर्कने कार्यक्रम छ । 

उहाँ भरतपुरमा निर्माण गरिएको छ किलोमीटर लामो र फराकिलो सडकलगायत विभिन्न संरचनाको उद्घाटनका लागि त्यता जान लाग्नुभएको हो । बिहान ११ बजे इच्छाकामना गाउँपालिकाको कार्यालय भवन उद्घाटन,त्यसपछि  एमाले भरतपुर महानगरको दोस्रो अधिवेशन उद्घाटन र नारायणगढ–बुटवल तथा कालीगण्डकी करिडोरको अनुगमन निरीक्षण गर्ने कार्यक्रम छ ।

यता उहाँको क्याबिनेटका मन्त्रीहरु अमेरिका जाने क्रम जारी छ । सोही क्रममा आज संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता बिहान १० बजे कतार एअरवेजको उडानमा दोहा हुँदै त्यता जाने बताइएको छ । यसअघि स्वास्थ्यमन्त्री प्रदीप पौडेललगायत धेरै जना मन्त्री जम्बो टोलीसहित अमेरिका गैसकेका छन् ।

टिप्पणीहरू