चाइनिज ल्याङ्वेज स्पिच कन्टेस्टमा एक दर्जन विदेशी

चाइनिज ल्याङ्वेज स्पिच कन्टेस्टमा एक दर्जन विदेशी

छिमेकी मुलुकहरुसँग साझा भविष्यसहितको समुदाय निर्माण गर्न सहकार्यका लागि नयाँ आधार खोज्न चीनले पुनः आह्वान गरेको छ । राष्ट्रपति सी जिनपिङले हालै आफूले छिमेकीसँग कूटनीतिमा मित्रता, इमान्दारिता, पारस्परिक समावेशिताको सिद्धान्तलाई निरन्तरता र मैत्रीपूर्ण सहयोगलाई प्राथमिकता दिन चाहेको बताउनुभएको छ । अप्रिल ८ मा राजधानी बेइजिङमा छिमेकी देशहरुसँग सो उद्देश्यका लागि केन्द्रीय सम्मेलन भएको थियो । 

चीनले पारस्परिक समझदारी, विश्वास, संयुक्त विकास र पुनःउत्थानलाई अगाडि बढाउन छिमेकी देशहरुसँग हातेमालो गर्ने स्पष्ट पारेको थियो । ‘चिनियाँ भाषामार्फत विश्वका विविध संस्कृति कसरी एकापसमा आदानप्रदान गर्ने, द्रुतगतिमा विकसित भइरहेको नवप्रवर्तन र परिवर्तनको नेतृत्व कसरी गर्ने, आफ्नो विकास अनि मानव समाजको प्रगतिका लागि नवीनतम मार्गहरु कसरी खोल्ने’ भन्ने विषयमा चच्यांग प्रान्तको यिवु शहरमा ‘फस्र्ट म्यापल लिफ कप इन्टरनेशनल चाइनिज स्पिच कन्टेस्ट’ को आयोजना गरिएको थियो । 

त्हाँ १२ जना विदेशीसहित २६ जना विद्यार्थी सहभागी भएको बताइन्छ । विश्वको शान्ति, साझा विकास र समृद्धिका लागि चीनले बिआरआईमार्फत प्रयास गरिरहेको र त्यस प्रयासलाई सघाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको म्यापल फिल फोरेन नेशनल स्कुलका लिन्सा याङले बताइन् । 

उक्त प्रतियोगिताको निर्णायकमा प्रोफेसर ओलिकुन, चिनियाँ समाज भाषा विज्ञान समाजका निर्देशक चच्यांग नर्मल विश्वविद्यालयको अन्तर्राष्ट्रिय कलेजमा चिनियाँ अन्तर्राष्ट्रिय शिक्षाको विद्यावारिधि पर्यवेक्षक, शिक्षा तथा प्रशिक्षण संस्थान, वरिष्ठ शिक्षण अनुसन्धानकर्ता तथा वरिष्ठ शिक्षिका सुश्रीवाङ जिकिन, शिक्षा तथा प्रशिक्षण संस्थान, शिक्षण तथा अनुसन्धानफेलो सुश्रीवुयुनफाङ श्रीवूजियांग, अन्तर्राष्ट्रिय प्रतिनिधि राजकुमार खड्कालगायत उपस्थित थिए ।

टिप्पणीहरू