नेपालमा बबाल,युएसएआइडीपछि एमसिसीको पनि बेहाल

नेपालमा वर्षौंको रस्साकस्सीपछि शुरु भएको अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी) अन्ततः बन्द हुने भएको छ । अमेरिकी सरकारले एमसीसी तीन महिनाभित्र बन्द हुने निर्णय गरेको छ ।
विश्वका धनाढ्य एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग (डज)ले एमसीसी रोक्ने निर्णय गरेपछि नेपालमा सञ्चालित परियोजनाको भविष्य अन्धकार भएको छ । नेपालमा यो परियोजना सडक र जलविद्युत प्रसारण लाइनको काममा संलग्न छ ।
the agency’s employees were notified via email that “there will soon be a significant reduction” in staff and programs – just a week after DOGE arrived at MCC, according to a source familiar with the matter. The source added that employees could be placed on administrative leave as soon as May 5.
एमसीसी बन्द गर्ने निर्णयपछि कार्यरत कर्मचारीलाई अवकाशको लागि इमेल पठाइएको छ । यो परियोजना सन् २००४ मा तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुशको कार्यकालमा स्थापना गरिएको थियो । जबकि बुश पनि रिपब्लिकन पार्टीकै राष्ट्रपति हुन् ।
अमेरिकाले नेपालमा एमसीसी लागु गर्नुपर्ने दबाबमा राजनीतिक दलहरुबीच नै फाटो ल्याइदिएको थियो । २०७८ फागुन १५ गते व्याख्यात्मक टिप्पणीसहित संसदबाट एमसीसी सम्झौता अनुमोदन गरेपछि कार्यान्वयनको बाटो खुलेको थियो ।
यसअघि अमेरिकाले विकास सहयोग परियोजना युएसएआइडी बन्द गराइसकेको छ । नयाँ निर्णयअनुसार एमसिसीका कर्मचारीहरुको पनि बैशाख २२ गतेपछि सेवा समाप्त हुँदैछ ।
Foreign aid agency Millennium Challenge Corporation to shut down as part of DOGE efforts
टिप्पणीहरू