योगमाया आयुर्वेदमा दुई पदका लागि आवेदन आह्वान

योगमाया आयुर्वेदमा दुई पदका लागि आवेदन आह्वान

विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्न लागिएको छ । 

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनौट तथा सिफारिस समितिले आज दरखास्त खुलाएको हो । रजिष्ट्रार पदमा पनि आवेदन मागिएको छ ।

‘विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनौट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८२’ बमोजिम दरखास्त आह्वान गरेको समितिले जनाएको छ । सूचनामा उल्लेख भएअनुसार योग्यता पुगेका इच्छुकले यही वैशाख २० गतेभित्र कार्यविधिमा तोकिएको ढाँचामा आवेदन दिन सक्नेछन् ।

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा दिइएको लिंकमार्फत वा मन्त्रालयको उच्च शिक्षा शाखामा आवेदन पेश गर्न सकिने सूचनामा जनाइएको छ ।

टिप्पणीहरू