संकलन केन्द्रभित्र कामदारको शव, मालिक फरार

राजधानीको एउटा कवाडी संकलन केन्द्रभित्र कामदारको शव फेला परेको छ । दक्षिणकाली नगरपालिका १, खहरेमा रहेको रामादेवी माइस्क्र्याप सेन्टरमा रौतहटका ३५ वर्षे सुरेश यादव केन्द्रभित्र मृत भेटिएका हुन् ।
रौतहट राजदेवी गाउँपालिका ४५ वर्षे निरञ्जन राय यादवले सञ्चालन गरेको उक्त सेन्टरमा रौतहटकै राजदेवी गाउँपालिका ८ सुरेशको शव बिहान पौने ९ बजे भेटिएको हो । शव पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुर्याइएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले यादवको मृत्यु हिजो साँझको समयमा हुनसक्ने देखाएको छ । कवडी केन्द्रका सञ्चालक निरञ्जन सम्पर्कविहीन भएपछि प्रहरीले खोजी जारी राखेको छ ।
टिप्पणीहरू