ओलीको प्रशंसा गर्दै उपमेयर सुनिताको उग्र भाषण
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आफू,नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीमाथि भइरहेका आक्रमणलाई अझ उत्कृष्ट काम गरेर परास्त गर्ने दाबी गरेकी छन् ।
लोकतन्त्र दिवसको अवसरमा नेकपा एमालेले भृकुटीमण्डपमा आयोजना गरेको 'युथ सेलिब्रेसन' कार्यक्रमको वक्ता रहेकी उनले अध्यक्ष तथा प्रधानमन्त्रीको बचाऊमा चर्को भाषण गरेकी हुन् । ओली राष्ट्रवादी र काम गर्ने मान्छे भएकै कारण आक्रमण गरिएको डंगोलको जिकिर छ ।
काठमाडौँ महानगरका मेयर बालेन साहको नाम नलिई उनले एमालेले सामाजिक सञ्जालमा भाँडभैलो मच्चाउन नसिकाउने प्रष्ट पारिन् ।
अहिले एमालेमाथि चौतर्फी आक्रमण भइरहेको बताउँदै उनले जति आक्रमण भए पनि विचलित नहुने प्रण गरिन् । त्यस्तै,आफूले गरेको राम्रो काम देख्न नसक्नेहरूले निरन्तर आक्रमण गरिरहेको डंगोलले बताएकी छन् ।
ओली,एमाले र आफ्नो प्रशंसामा बोलेकी उनी काठमाडौँ महानगरका मेयर बालेन साहप्रति भने आक्रामक सुनिइन् । मेयरको नाम नलिई उनले एमालेले सामाजिक सञ्जालमा भाँडभैलो मच्चाउन नसिकाउने प्रष्ट पारिन् ।
‘एमालेले कसैको घर जलाउन सिकाउँदैन । कहीं कतै लुटपाट गर्न युवा प्रयोग गर्दैन । एमालेले आफ्नो दश नंग्रा खियाएर राष्ट्रका लागि काम गर्न सधैं प्रेरित गरिरहन्छ', उपमेयर डंगोलले भनिन् ।
टिप्पणीहरू