कुवेतबाट पठाएको रेमिट्यान्स माछापुच्छ्र्रेबाट सजिलै

वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका नेपालीले अल मुजैनी एक्सचेन्जबाट पठाएको रेमिट्यान्स अब माछापुच्छ्रे्र्र बैंकबाट सजिलै भुक्तानी पाउने सकिने व्यवस्था गरिएको छ ।
विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउन बैंक र कुवेतस्थित अल मुजैनी एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता भएसँगै उक्त सेवा उपलब्ध हुँदै छ ।
हिजो कुवेतस्थित होटल मिलेनियम साल्मियामा आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र एक्सचेन्जका महाप्रबन्धक ह्यु फर्नान्डिसले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
योसँगै कुवेतमा रहेका नेपालीहरुले अल मुजैजी एक्सचेन्जका एक सय ४५ वटा शाखाबाट पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका एक सय ६५ वटा शाखा, ९९ शाखारहित बैंकिङ्ग सेवा, ११ एक्सटेन्सन काउण्टर र २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत सजिलै भुक्तानी लिन सकिने भएको छ ।
बैंकले अल मुजैनीबाट पठाइएको रेमिट्यान्स नेपालका जुनसुकै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्थासमेत मिलाइएको छ । स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकसामु ल्याउन प्रतिबद्ध रहेको माछापुच्छ्रे बैंकले हाल देशभर आफ्ना एक सय ६५ वटा शाखा, ९९ शाखारहित बैंकिङ्ग सेवा र ११ एक्सटेन्सन काउण्टर गरी दुई सय ७५ स्थानमा रहेका सेवा सञ्जाल तथा दुई सय ४ वटा एटीएममार्फत १७ लाखभन्दा बढी ग्राहकलाई आधाुनिक बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।
टिप्पणीहरू