आफ्नै भिनाजुलाई दिँदा आनन्द

आफ्नै भिनाजुलाई दिँदा आनन्द

पुरस्कार दिने सालो, थाप्ने भिनाजु ! घ्यू कहाँ पोखियो दालमा भनेझैं एक पछाडि अर्काे लाभको पद र पुरस्कारहरू आफ्नै भिनाजुलाई समर्पण गर्न थालेसँगै कुलपति भुपाल राई विवादमा तानिएका छन् । 

बान्तवा भाषामा फाट्टफुट्ट स्थानीय साहित्य लेख्दै आएका पात्र हुन्, डिक वान्तवा । उनका वान्तवा भाषामा केही पुस्तिका प्रकाशित छन् । एउटा लघु चलचित्रसमेत निर्माण गरेका छन् । टेम्केमैयु गाउँपालिका ३ नागीका स्थानीय उनी काठमाडौं कम र भोजपुरमै बढी रमाउँदै आएका छन् । भूपाललाई सुदन किराँती संस्कृति, पर्यटनमन्त्री हुँदा प्रज्ञा प्रतिष्ठानको कुलपति हात लाग्यो ।

यसअघि कुलपति राईले संस्कृति मन्त्रालयले बर्सेनि प्रदान गर्दै आएको १ लाख राशिको पुरस्कार भिनाजुलाई दिलाएका थिए, त्यो पनि सिफारिस समितिमा आफैं बसेर । अहिले फेरि उनै भिनाजुलाई प्रज्ञा संस्कृति पुरस्कार दिलाएका छन् । हालै मात्र एकेडेमीले सार्वजनिक गरेको विवरणअनुसार, भाषा पुरस्कार चुडामणि रेग्मी, सामाजिकशास्त्र पुरस्कार दिल साहनी, बालसाहित्य पुरस्कार शारदारमण नेपाल, पद्यतर्फ साहित्य पुरस्कार जसराज किराँती, गद्यतर्फ कृष्ण धरावासी, समालोचना सुधा त्रिपाठी, दर्शन गोपिरमण उपाध्याय, अनुवादतर्फ बलराम अधिकारीलाई दिइँदा संस्कृतितर्फ भिनाजुलाई पुरस्कृत गर्ने निर्णय भएको छ । 

उता, प्रज्ञा प्रतिष्ठानको आजिवन सदस्य ज्ञानमणि नेपालको निधनपछि रिक्त पदमा समेत भूपालले भिनाजुलाई लान खोजेका छन् । सुदन किराँतीले जशराज किराँतीलाई लैजान दबाब दिइरहेका छन् तर भूपाल आफ्नै भिनाजुलाई त्यहाँ लैजान चाहन्छन्। 


 

टिप्पणीहरू