अखिलमा उमेरहद ३० तल कि माथि ?

‘९ कक्षामा पढ्दै गरेका सुजन खरेलले आन्दोलन हाँकेको इतिहास छ । शंकर पोखरेल र योगेश भट्टराई २९ वर्षको उमेरमै अखिलको केन्द्रीय अध्यक्ष बन्नु भएको थियो । शंकर पोखरेल त्योभन्दा पहिले नै अभानेस्ववियुको अध्यक्ष बन्नुभएको हो । २६ वर्षको हुँदा त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापति नै सम्हाल्नुभयो । उता योगेश भट्टराई २० वर्षको उमेरमै महेन्द्ररत्न क्याम्पस ताहाचलको सभापति हुनुभयो ।’
‘अहिले ३० वर्ष लगाउनुपर्छ भन्दा बुरुक्क हुन्छन्, चालिसेहरू’ । वैशाख १२ गते पार्टी महासचिवसहित अखिलका पदाधिकारीको बैठक छ । उक्त बैठकले उमेरहद कति लगाउने भनेर निर्धारण गर्नेछ । मैले पार्टीमा विधिवत यो कुरा पेश गरेको छु’, विद्यार्थी इञ्चार्ज किशोरविक्रम मल्लले भनेका छन् ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले आफ्नो छोरालाई सेन्ट जेभियर्स स्कूल जाउलाखेलमा कक्षा २ मा भर्ना गरेका छन् । जब कि उक्त स्कूलले कक्षा १ मा मात्र नयाँ भर्ना लिन्छ । नयाँ विद्यार्थीको लागि प्रवेश परीक्षा समेत हुन्छ । नतिजाचाहिँ गोला प्रथाबाट प्रकाशित गर्छ । कक्षा १ मा भर्ना गर्दा, पहिले सीधै पावर चल्थ्यो भने अहिले घुमाउरो पारा छ । अखिलको प्रभावदेखि फादरहरु कति थर्कमान हुने गर्छन् भन्ने एउटा ज्वलन्त नमूना हो यो ।
टिप्पणीहरू