आगलागीपछि अस्पतालको ओपिडी बन्द

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा आकस्मिक बाहेकको सेवा बन्द भएको छ । हिजो भएको आगलागीका कारण ओपिडी भवन, मेडिकल स्टोर र फार्मेसीमा क्षति पुगेपछि आज र भोलि ओपिडी सेवा बन्द गरिएको हो ।
‘२०८२ वैशाख १३ गते भेरी अस्पतालको ओपिडी भवनमा रहेको मेडिकल स्टोरमा आगलागीका कारण ओपिडी भवन, मेडिकल स्टोर, फार्मेसीलगायतका ठाउँमा क्षति भएको कारण तत्काल अस्पतालको बहिरङ्ग सेवा सुचारु गर्न नसकिने भएकोले मिति २०८२–०१–१४ र १५ गते अस्पतालको बहिरङ्ग सेवा ओपिडी ल्याब बन्द रहने...’,सूचनामा उल्लेख छ ।
हिजो दिँउसो ओपिडी भवनमा रहेको मेडिकल स्टोरमा आगलागी भएको थियो । भ्याक्सिन राख्ने फ्रिजबाट विद्युत सट भएर आगो लागेको अनुमान गरिएको छ । आगलागीका कारण करोडौंको क्षति भएको अस्पतालले जनाएको छ ।
टिप्पणीहरू