समितिमा ठूला कुरा राखेर नाफा बटुल्न चौधरी मध्यराती विदेशतिर

समितिमा ठूला कुरा राखेर नाफा बटुल्न  चौधरी मध्यराती विदेशतिर

काँग्रेस सांसद तथा विवादास्पद व्यवसायी विनोद चौधरी फिलिपिन्स गएका छन् । उनी गएराति क्याथे प्यासिफिकको उडान नम्बर सिएक्स ६४० मा राति साढे ११ बजे हङकङ हुँदै मनिला गएका हुन् । 

यता संसदको बर्खे अधिवेशन अस्तिदेखि शुरु भएको छ । प्रायः विदेशमा रहेका आफ्ना होटल,रिसोर्ट, रियल इस्टेट कारोबार र वाइवाइ बिक्रीको नाफाका लागि नियमित झैँ भारत,श्रीलंका,बंगलादेश,युएई, फिलिपिन्स,सिंगापुर पुगिरहन्छन् ।

यता बसेको बेला हुने संसद तथा संसदीय समितिको बैठकमा भने उनी निकै क्रान्तिकारी पाराले प्रस्तुत हुने गरेका छन् । पछिल्लो पटक गत बिहिबार बसेको प्रतिनिधिसभाअन्तर्गत अर्थ समिति बैठकमा उनले निकै सक्रिय सांसदको रुपमा देश र जनताको पक्षमा कुरा गरेका थिए ।

उक्त समितिको बैठकमा चार महिनापछि उपस्थित भएका सदस्य चौधरीले खुलेर आफ्नो निर्वाचन क्षेत्र (नवलपरासी १) को बजेटबारे गन्थन गरे र पुराना परियोजनाहरु बजेट अभावको कारण अलपत्र परेको भन्दै थप पैसा मागे । उनको भनाइ थियो,‘अर्थमन्त्रीले बजेट बनाउँदै गर्दा के कुरामा ध्यान दिनुपर्यो भने साना परियोजनाहरु अलपत्र परेका छन्,त्यहाँ केही बजेट हाल्न सकियो भने हजारौँ जनता लाभान्वित हुन्छन्’ चौधरीले अगाडि भने,‘सुरक्षित जनता आवासको कुरा गरौँ त,दशौँ वर्षदेखि मेरो क्षेत्रमा प्रोजेक्टहरु थन्किएर बसेका छन् । निर्माण व्यवसायीहरुलाई भुक्तानी दिन नसक्दा पनि यो समस्या आएको हो ।’
 

टिप्पणीहरू