राजीनामा दिएकालाई शिक्षा, बर्खास्तमा परेकालाई अर्थ

निवर्तमान शिक्षामन्त्री विद्या भट्टराई प्रतिनिभिसभा अन्तर्गतको शिक्षा समिति सदस्य चयन भएकी छन् । गत सोमबार शिक्षामन्त्री पदबाट राजीनामा दिएकी उनलाई आजको बैठकले समिति सदस्यमा चयन गरेको छ ।
त्यस्तै, बर्खास्तीमा परेका निवर्तमान ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) पनि अर्थ समितिमा अटाएका छन् ।
सभामुख देवराज घिमिरेले विभिन्न समितिमा सदस्यहरुको नाम हेरफेर तथा थप गरिएकोबारे जानकारी गराएपछि सांसदहरुले टेबल ठोकर अनुमोदन गरेका हुन् ।
टिप्पणीहरू