प्रधानमन्त्री गयल, रक्षामन्त्री हाजिर

नेपाल सरकारले वार्षिक प्रतिवदेन संघीय संसदको प्रतिनिधिसभामा पेश गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट रक्षामन्त्री मानवीर राईले ‘सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९–८० र २०८०–८१’ पेश गर्नुभएको छ ।
संसद सचिवालयका अनुसार उक्त प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गर्ने कार्यसूची थियो । तर प्रधानमन्त्री ओलीले रक्षामन्त्री राईलाई अख्तियारी दिनुभएको हो । सभामुख देवराज घिमिरेले ‘नेपालको संविधानको धारा ५३ एवम् सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन गर्न’ प्रधानमन्त्री ओलीको तर्फबाट रक्षामन्त्री राईलाई समय दिनुभएको थियो ।
आजै पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस्’ भनि राखेको प्रस्तावमा सांसदहरुले राय तथा सुझाव दिएका छन् ।
टिप्पणीहरू