डा.बाबुराम,छोटो समयमा भेटघाट धमाधम

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले धेरै जना भारतीय नेतासँग भेट गर्नुभएको छ । शनिबारदेखि भारत भ्रमणमा रहनुभएका उहाँले हिजो नयाँ दिल्ली आएपछि सत्तारुढ भारतीय जनता पार्टीका वरिष्ठ नेता डा. मुरलीमनोहर जोशी,रक्षामन्त्री राजनाथ सिंहलगायत झण्डै एक दर्जनसँग भेटघाट गर्नुभएको छ ।
छोरी मानुषीलाई लिएर शनिबार फरिदावाद जानुभएका उहाँले राजधानीमा उच्चस्तरीय भेटवार्ता गर्नुभएको हो । भट्टराईको सचिवालयका अनुसार जोशी र सिंहसँगै नेपालका लागि भारतका पूर्व राजदूतहरु श्याम शरण, राकेश सूद, रञ्जित रे, मञ्जिव सिंह पुरी पनि भेट गरिएको छ ।
त्यस्तै, परराष्ट्र विज्ञहरु प्राध्यापक एस डी मुनी, प्राध्यापक मट्टु र वरिष्ठ सञ्चारकर्मी भरत भूषणलाई पनि भेटिएको फोटो सचिवालयले सार्वजनिक गरेको छ । त्यसैगरी हिजो भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता, सांसद तथा पूर्वमन्त्री जयराम रमेशसँग भेटघाट गर्नुभएका उहाँले आज अपरान्ह प्रेस क्लब अफ इण्डियामा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरिएको छ । उक्त क्लबका सभापति गौतम लहिरीको सभापतित्वमा मिडियाकर्मीहरुसँग छलफल गरिएको हो ।
डा. भट्टराई प्रगतिशील नेपाली समाज समितिको अधिवेशन उद्घाटनका लागि नयाँ दिल्ली हुँदै फरिदाबाद जानुभएको थियो ।
टिप्पणीहरू